काठमाडौँ– काठमाडौँ टोखा नगरपालिकाको मेयर प्रत्यासी रजनी थापाले कुनै पनि हालतमा कम्युनिस्टहरु माथि जित हासिल गर्ने बताएकी छन् । नेपाली कांग्रेसबाट मेयरका लागि टिकट पाएकी थापाले कुनै पनि हालतमा कम्युनिस्टहरुमाथि विजयी प्राप्त गर्ने बताएकी हुन् ।


ADVERTISEMENT


मेयरको उम्मेद्वारको रुपमा आगमन भएसंगै राजनीति क्षेत्रमा परिवर्तन चाहने जमातबीच नगरपालिकामा एक किसिमको रौनक छाएको छ । स्थानिय पत्रकार सम्मेलनमा थापाले लामो समयदेखि महिला तथा युवाको हकहितका विषय उठान गर्दै आएको नेपाली कांग्रेस आफैँमा गङ्गो पार्टी भएको र यसको जित निश्चित भएको दाबी गरेकी छन् । यस्तै, चुनाव चिन्ह (रुख)मा भोट हाली आफूलगायत कांग्रेसलाई जिताउन युवाहरु आतुर रहेको समेत उनले बताइन् ।


ADVERTISEMENT

# # #


सोमबारमात्रै ४ बजे निर्वाचन कार्यलयमा मनोनयन दर्ता गरेकी उनले सोहि समयमा मेयर पदमा आफुलाई जिताउन आग्रह समेत गरेकी छन् ।