एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


उनीहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ । यसक्रममा उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । महासचिव गुटरेस हाल युक्रेनमा छन् ।


ADVERTISEMENT

# # #


यसक्रममा उनले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो । रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ । हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ ।

मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाएका थिए ।