काठमाण्डौं-स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।


ADVERTISEMENT


सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उनका कान्छा छोरा शैलेन्द्रचन्द्र झा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गरेका हुन ।


ADVERTISEMENT

# # #


स्वास्थ्य चौकी भवनको शिलान्याससमेत जग्गादाता शैलेन्द्रले नै गरे । रु दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको उक्त भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले बताए ।

सो ठाउँमा स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको जग्गादाता शैलेन्द्रले बताए । यहाँ स्वास्थ्य चौकी निर्माण भएपछि हजारौँ जनता लाभान्वित हुने स्थानीय कोशलकुमार साहले विश्वास व्यक्त गरे।