काठमाडौँ– नेपाल टेलिकमले पछिल्लो समय विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको पाइएकोले त्यसरी फोन आउने फोन अवैद्य भएको भन्दै १८८ नम्बरमा फोन गरेर सहयोग गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


टेलिकमले त्यसरी आउने फोनको गुणस्तरीयता नहुने र टेलिकम कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन ग्राहकहरुलाइ अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा रहेको बताइन् ।

उनले ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिनयता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अबैद्य कलहरु नियन्त्रण गर्न कम्पनीले थप सक्रियता बढाएको पनि जानकारी दिएकी छन् ।