काठमाडौं – पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् ।


ADVERTISEMENT


उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् । रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो ।


ADVERTISEMENT

# # #


नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो ।

साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो ।

त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमी मुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ । राजधानी दैनिकमा समाचार छ ।