विराटनगर – स्थानीय निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेद्वारी दिने र फिर्ता लिन गरेको निर्देशन पनि नमान्ने १४ जनालाई नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले कारबाही गरेको छ ।


ADVERTISEMENT


जसमा २ जना प्रदेश समिति सदस्य, १ जना उदयपुरका प्रदेश विभाग प्रमुखसमेत रहेका छन् । कारबाहीमा पर्नेमा प्रदेश सदस्यहरु केपि बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाल छन् । उनीहरुलाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


निलम्बनमा पर्नेहरुमा भने उदयपुरका सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जामगर, रामप्रसाद बराल र सन्तोष सुवेदी रहेका छन् । यस्तै धनकुटाका सिताराम श्रेष्ठ, ताप्जेलुङका जीवन ताम्लिङ र सुनसरीका राम विष्ट पनि निलम्बनमा परेका छन् ।