काठमाडौं – पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन्।


ADVERTISEMENT


यस्तै बन्दरगाह शहर मारियोपोलको स्टिल कारखानामा फसेका थप एक सय भन्दा बढी नागरिकको उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको राहत टोलीका सदस्यहरूले उनीहरुको उद्धार गरेका हुन्।


ADVERTISEMENT

# # #


यसैबीच बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।

रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो। बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ। यो सहयोगले रुससँग युक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने युक्रेनका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री जोनसनले यूक्रेनको संसदलाई झण्डै एक घण्टा सम्बोधन गरेका थिए। सैन्य सहायतामा इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू हुने बताइएको छ।