काठमाडौं – अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ७ वटा बम राखिएको भन्दै फोन मार्फत सुरक्षा अवस्था विथोल्नेलाई कारबाही गरिने भएकाे छ । प्रहरीले फोन गर्ने व्यक्तिको बारे अनुसन्धान सुरु गरेको छ । फोन मार्फत सुरक्षा अवस्था विथोल्ने  र  तनाव उत्पन्न हुने काम भएपछि अनुसन्धान सुरु भएको हो  ।


ADVERTISEMENT


अज्ञात नम्बरबाट फोन आएपछि सबै आन्तरिक उडान स्थगित गरी सुरक्षाकर्मीले खोजतलासको काम गरेका थिए ।


ADVERTISEMENT

# # #


शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिने काम भयो । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान भने ठप्प भयो  ।

अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५-६ वटा बम रहेको भनेपछि नेपाली सेना सहितको टोलीले यात्रुहरुलाई बाहिर निकालेर सर्च अपरेसन गर्नुपरेको हो ।