काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा काँग्रेसले जितेर आफू नै फेरि देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


सिरहाको भगवानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


देउवाले भने, ‘चुनाव काँग्रेसले जित्छ र पाँच वर्षका लागि म प्रधानमन्त्री हुन्छु । प्रधानमन्त्री भएपछि मधेसको समस्या हल गर्छु ।’

प्रधानमन्त्री देउवाले काँग्रेसले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनको प्रस्ताव ल्याउन खोज्दा नेकपा एमालेले रोकेको जिकिर गरे । ‘एमाले मधेस विरोधी पार्टी हो । त्यसलाई रोक्न काँग्रेसलाई जिताउन आवश्यक छ,’ उनले भने ।

उनले एक तर्फ एक दलिय शासन चाहने कम्युनिष्ट र अर्कोतिर जनतालाई अधिकारसम्पन्न बनाउन चाहने काँग्रेस रहेको बताउँदै अब कसलाई रोज्ने भन्ने जनताको हातमा रहेको बताए ।

बाम गठबन्धन बनेको छ जनता आतंकित बनेको उल्लेख गर्दै एक कम्युनिष्टहरुको दलिय तानाशाही शासनमा लेख्न, बोल्न र सम्पत्ति राख्न पाउने अधिकार नहुने दाबी गरे ।

‘बाम गठबन्धनले राष्ट्रपति शासनको कुरा गरिरहेका छन् । यस्तो शासनमा एउटा मानिसले मात्र शासन चलाउँछ, जनता मात्र पिसिन्छन्,’ देउवाले भने, ‘कम्युष्टि शासनमा केही गर्न पाउँदैन । यो नेपालका लागि दुर्भाग्य हुनेछ ।’