काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिलेको पाँच दलीय गठबन्धनलाई १५–२० वर्षसम्म लैजान प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन राष्ट्र र जनताको आवश्यता भएकाले मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने र त्यसो गरे गठबन्धन आगामी २५ वर्षसम्म पनि जारी रहने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले गठबन्धनको सहमतिविपरित भोट हाले देश दुर्घटनामा जानसक्ने भन्दै चितवनका काँग्रेस नेताहरुलाई चेतावनी समेत दिए । कांग्रेस नेता टेकप्रसाद गुरुङको नाम लिँदै उनले, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’

उनले थपे, ‘होइन, यो राष्ट्रको आवश्यता हो । यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ ।’