काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मयेर पदका ालगि पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले काठमाडौँ महानगरलाई महान घर बनाउन लाग्ने बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँको शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले सबैलाई समान व्यवहार गरेर समान विकास गर्द अघि बढ्ने बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘म नगरपालिकामा गइसकेपछि कहिल्यै पनि मतदाताको शिर निहुरिन दिनेछैन । म यहाँहरुको दिदी, बहिनी, भाउजु, आमा भएर काम गर्नेछु । काठमाडौँ महानगरलाई महान घर जस्तो गरेर चलाउँछु ।’

उनले ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन प्रदुषण नियन्त्रण गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताइन् । उनले महिलालाई सीपमूलक तालिमतर्फ अग्रसर बनाउने, विपन्न परिवारका महिलालाई विशेष भत्ता, विदुर (श्रीमती गुमाएका) पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने पनि उनले घोषणा गरिन् ।

उम्मेदवार सिंहले देशमा ठूलाठूला आन्दोलनमा युवाहरुकै जगमा जित हासिल गरेको बताउँदै उनले उनले भनिन्, ‘युवाहरुले यो देशलाई धेरै कुरा दिनुभयो, म काठमाडौँ महानगरको मयेर भएपछि उहाँले दिने होइन, मैँले दिने काम गर्छु भन्न चाहन्छु ।’ युवाहरुलाई उद्यमी बनाउने, पूर्वाधार र सुविधा उपलब्ध गराएर खेलकुदमा आकर्षित गर्न काम गर्ने सिंहको भनाई छ ।

यस्तै उनले जेष्ठ नागरिकका लागि भवन बनाएर सुरक्षाका साथ राख्ने योजना अघि बढाउने, वडावडामा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गराउने प्रतिवद्धता जनाइन् । यस्तै उनले निजी स्तरबाट सञ्चालित विद्यालयहरुसँग समेत समन्वय गरेर शिक्षाको गुणस्तर बनाउन लाग्ने समेत धारणा राखिन् । उनले सकारसँग समन्वय गरेर काठमाडौँको ढल व्यवस्थापन गरेर नदीनाला सफल राख्न काम गर्ने जनाइन् ।

काठमाडौँ सहरलाई विश्वको एउटा पर्यटकीय केन्द्र बनाउने र उनले भनिन्, ‘काठमाडौँको आफ्नै मौकिल सभ्यता, जात्रा, पर्व गुठी, सम्पदा मौलिक छन् । तिनलाई उजागर गर्न मेरो ध्यान जानेछ । काठमाडौँ विश्वसम्पदा सूचिमा परेको सहर पनि हो । काठमाडौँ सहरलाई विश्वको पर्यटकीय स्थलका रुपमा बनाउँछु ।’

उनले काठमाडौँलाई २४सै घण्टा खोलेर आर्थिक हब बनाउनमा काम गर्ने उनले बताइन् । उनले भनिन्, ‘काठमाडौँ एउटा व्यवपारिक केन्द्र पनि हो । काठमाडौँलाई आर्थिक हब बनाउन लाग्नेछु । त्यसका लागि करका दायर फराकिलो पारेर तथा करको मूल्य घटाएर यसलाई व्यापारको केन्द्र बनाउन लाग्नेछु ।’

उनले सार्वजनिक स्थलमा निःशुल्क खानेपानी सेवा, महिलामैत्री निःशुल्क शौचालयको व्यवस्था गर्न लागिपर्ने उम्मेदवार सिंहको भनाई छ ।