काठमाडौं – नेकपा एमालेले आज (आइतवार) बुटवलमा चुनावी सभा गर्दैछ ।


ADVERTISEMENT


चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


रुपन्देही जिल्लास्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरू जुलुस सहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरूमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी पुरा गरेको जनाएको छ । सबै पालिकाहरूले टोलटोलबाट जनसहभागिताका लागि आह्वान गरेका छन् । चुनावी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

चुनावी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरू गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झाँकीसहित जनताहरू सहभागी हुने बताइएको छ ।