काठमाडौँ– नेपाल लगायत विश्वभर नयाँ एचआईभी संक्रमितको संख्या घट्दै गएको पाइएको छ । सन् २०१६ को सरकारी तथ्याङ्क अनुसार नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको देखाएको छ ।


ADVERTISEMENT


३० औ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज राजधानीमा पत्रकार सम्मेलन गरी एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम प्रभावकारी हुँदा नयाँ संक्रमणदर घटेको दावी गरेको हो । एड्सका कारण मृत्यु हुनेको संख्यामा समेत ३० प्रतिशतले कमी आएको केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा रहेका एचआईभी संक्रमित मध्ये ६० प्रतिशत अझै पनि एन्टी रेक्ट्रो भाइरल एआरभी सेवाको पहुँचबाट टाढा रहेको सम्मेलनमा जानकारी गराइएको थियो । केन्द्रका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ एचआईभी संक्रमित रहेकोमा १४ हजार ५ सय ४४ मात्र एआरभी सेवा लिने गरेका छन् ।

करीब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको केन्द्रका निर्देशक डा. विकास लामिछानेले बताए ।

एचआईभी र एड्स सम्बन्धी भेदभाव हटाउन तथा जनचेतना वृद्धि गर्न सके सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने डा. लामिछानेको भनाई छ ।