काठमाडौं । कांग्रेस नेता रामहरी खतिवडालाई आफ्नो जिल्लामा निर्वाचन सकिए पनि अझै फुर्सद छैन । ओखलढुंगामा मतदान सकिएर परिणाम आउन बाँकि नै रहेको बेला दोश्रो चरणको निर्वाचनका लागि अरु जिल्लाहरुका चुनाबी अभियानमा सक्रिय हुँदैछन् । उनका स्वकीय सचिव हुकुम राईका अनुसार चुनावी अभियानका क्रममा नेतृत्व गर्न खतिवडा आज उदयपुर लाग्दैछन् ।


ADVERTISEMENT


पार्टीलाई देशब्यापी रुपमा जिताउने अभियानमा खतिवडा आफ्नो क्षेत्रसंगै देशका अन्य क्षेत्रहरुमा समेत समाबेश भएर अभियानमा सहभागि हुने भएका हुन् ।


ADVERTISEMENT

# # #


खतिवडालाई विकासप्रेमी र जनताका समस्यामा संधै संगै भएर मल्हम बनिरहने नेताका रुपमा चिनिन्छ ।

साँसद हुँदा सबै जनचासो र देशका गम्भिर बिषयहरुमाथि संसदमा बलियो आवाज उठाईरहने खतिवडालाई अबको संसद गमनको पर्खाई पनि छ ।