काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशनको आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार सकारको सिफासमा जेठ ३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधन रहेको छ । त्यसअघि पूर्व–बजेट छलफल तथा सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रचलन रहेको छ ।


ADVERTISEMENT

# # #


स्थानीय निर्वाचन यही वैशाख ३० गते हुँदैछ । निर्वाचन सकिएको ३ दिनपछि अधिवेशन सुरु हुने भएको हो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएकाले संसद अधिवेशन प्रभावकारी हुन सकेका थिएनन् ।