मंसिर– खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने गोप्य राखेको छ ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।