रुकुम – गत मंसिर १० गते स्थगित भएको पश्चिम रुकुमका २ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा आज पुनः मतदान भएको हो ।


ADVERTISEMENT


दुवै मतदान केन्द्रमा शुक्रबार बिहानैबाट शान्तिपूर्ण मतदान भइरहेको जिल्ला प्रहरी कार्यलय रुकुमका डिएसपी राजेन्द्र धमलाले रातोपाटीलाई बताए । बाफिकोटमा ६७२ र आठविसकोटमा ७५६ भोट मतदाता रहेका छन् ।


ADVERTISEMENT

# # #


१० मंसिरमा भएको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालेपछि मतपत्र जलेका थिए । त्यसपछि मतदान स्थगित गरिएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठ बिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

खड्का काङ्ग्रेस कार्यकर्ता हुन् । उनी मतदान केन्द्रमा काङ्ग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए ।

बाँफीकोटको रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा र आठबिसकोटको नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान भइरहेको रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ