काठमाडौँ – मस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो बदनाम गर्न नेकपा एमालेका नेताहरुले जनकपुरमा पैसा बाँडेको आरोप लगाएको दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष अन्सारीले नेकपा एमालेका सचिव रघुवीर महासेठ उनकी पत्नी तथा एमाले नेतृ जुली महतोले आफ्नो बद्नाम गर्न अफवाह पठाएको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आज जुन घटना घ्टयो, बडो दुःखका साथ भन्नुपर्छ, नेकपा एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । पठाउने चाहीँ त्यहाँका नेता जुली महतो र रघ्वीर महासेठ । उहाँहरुले भनेरै पठाउनु भयो, तिमीहरु त्यहाँ गएर नाराबाजी गर, उसलाई बदनाम गर भनेर । ’

मंगलबार राती ११ बजे जनकपुर पुगेको र बुधबार इदको शुभकामना आदानप्रदान कार्यक्रममा सकाएर आज दिउँसो साढे १२ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको बताउँदै उनले बिहान ११ बजे केही गुण्डा आफू बसेको जनकपुरको सीताशरण होटेलमा गुण्डा प्रवेश गरेर आफूलाई घेराउ गरिएको बताए ।

उनले भने, ‘एक्कासी हमला गर्ने प्रयास गर्नुभयो, नाराबाजी गर्नुभयो । उम्मदवारसँग बसेर पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत आरोप र यसप्रति दुःख प्रकट गर्न चाहन्छु ।’

उनले एमाले अध्यक्ष ओलीसँग पनि उनले आफूमाथि भएको चरित्रहत्याका दोषीलाई कारबाही गर्न समेत आग्रह गरेका छन् । उनले भने, ‘म एमाले अध्यक्ष केपी ओलीसमक्ष पनि निवेदन दिनेवाला छु । अन्य निकायमा पनि निवेदन दिन्छु । ममाथि अन्याय भएइको छ, न्याय पाउनुपर्छ ।’

एमाले निकट मानिने अन्सारी ओली प्रधानमन्त्री हुँदा अध्यक्ष बनेका थिए ।