टीकापुर – टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ ।


ADVERTISEMENT


वडाध्यक्षमा थारूले ८२० मत पाएका छन् । महिला सदस्यमा बासमोति कुमारी चौधरीले ८६२, दलित महिला सदस्यमा सरिता भूलले ८९६ खुला सदस्यमा कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५६ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसका अनन्त खड्काले ४६१ र एमालेका विजय सार्कीले ४४७ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


नगरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । मेयरमा नागिरक उन्मुक्तिका रामलाल डगौरा थारूले १०६२ मत उपमेयरमा उल्का विकले ९१३ मत पाएका छन् । नेकपा एमालेका श्याम खत्रीले ५०८ र उपप्रमुखमा उपमा केसीले ३८० मत पाएका छन् ।

गठबन्धनका प्रमुख नवराज रावलले ४०१, उपप्रमुख खडक शाहले ४०६ मत पाएका छन् ।