काठमाडौँ – काठमाडौँको शंकरापुर नगरपालिका १ मा माओवादीका बाबुराम दंगाल, ९ मा कांग्रेसका सहदेव श्रेष्ठ विजयी भएका छन्। बाबुरामले ६७४ मत ल्याएका छन प्रतिद्वन्द्वी नेकपा समाजवादीका दल बहादुर तामाङले ६०६ मत ल्याए।


ADVERTISEMENT


यस्तै ९ नं वडामा कांग्रेसका सहदेवले ७७४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ४७७ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


शंकरापुर नगरपालिकाको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ भने शंकरापुर १ मा बाबुराम बाहेक अन्य ४ सदस्य एकिकृत समाजवादीका तर्फबाट जितेका छन्।