वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन्।


ADVERTISEMENT


गठबन्धनबाट मेयर उम्मेदवार जसपाका राजेशमान सिंहले १३६३ मत प्राप्त गरेका छन्। यस्तै, गठबन्धनकै उपमेयरमा नेपाली काङ्ग्रेसका इम्तियाज आलमले १०१२ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


एमाले र लोसपा गठबन्धनका मेयर उमेदवार नेकपा एमालेका विजय सरावगीले ६५९ मत प्राप्त गरेका छन्। उपमेयरमा लोसपाका पुरुषोतम झाले १६० मत ल्याएका छन्।

राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरिले ४१ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले ५५ मत प्राप्त गरेकी छन्। उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले ११ मत ल्याएकी छन्।