बाँके – बाँकेमा अहिलेसम्म १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


कुल ८१ वटा वडामध्ये अहिलेसम्म १४ वटाको परिणाम सार्वजनिक भएको हो । पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा माओवादी केन्द्रले २र२ तथा राप्रपाले १ वटा वडा जितेका छन् ।


ADVERTISEMENT

# # #


नेपालगन्ज उपमहानगरपालिका–१ मा नेकपा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । नेपालगन्ज–२ मा राप्रपाका मनोज श्रेष्ठ, नेपालगन्ज २२ मा जनता समाजवादी पार्टी ९जसपा०का अब्दुल गफ्फार हलवाई र नेपालगन्ज २३ मा नेपाली काँग्रेसका जबर अलि बेहना निर्वाचित भएका छन् ।

यस्तै जानकी गाउँपालिका–१ मा जसपाका मोहम्मद रजा राई, राप्ती सोनारी गाउँपालिका–१ मा एमालेका यमबहादुर खड्का, राप्ती सोनारी २ मा एमालेका ज्ञानेन्द्रराज ओली, राप्ती सोनारी ३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् ।

यसैगरी कोहलपुर नगरपालिका–१ मा नेकपा (माओवादी केन्द्र) का बद्रीप्रसाद जैसी, कोहलपुर १५ मा नेपाली काँग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचितभएका हुन् ।

त्यस्तै खुजुरा गाउँपालिका–१ मा नेपाली काँग्रेसका मनवीर खत्री, खजुरा २ मा नेकपा (माओवादी केन्द्र) का धनीराम ओली, डुडुवा गाउँपालिका–१ मा काँग्रेसका पटेश्वरी कुर्मी र बैजनाथ गाउँपालिका–१ मा नेकपा एमालेका रूपबहादुर मल्ल निर्वाचित भएका छन् ।