तनहुँ – तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो ।


ADVERTISEMENT


गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी भएका छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार ७४७ मत प्राप्त गरे ।

घिरिङ गाउँपालिकाको पाँचवटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गरेका छन् भने एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिं थापा र ४ को अध्यक्षमा भीमबहादुर कुमालले विजय हासिल गरेका छन् ।