काठमाडौं – काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो ।


ADVERTISEMENT


तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो।


ADVERTISEMENT

# # #


पासाङल्हामु राजमार्गको मुड्खुभञ्ज्याङदेखि तिनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन सय सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकाबाट सङ्कलन गरिएको फोहोर सिसडोल ढुवानी गर्न सुरु गरिएको थियो।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले सिसडोलस्थित डम्पिङ साइटको व्यवस्थापन गर्नु परेका कारण केही दिनदेखि फोहोर व्यवस्थापनको काम रोकिएको बताए ।

प्रमुख राईले सोमबारदेखि नै फोहोर ढुवानी सुरु गरिने तयारी भइरहे पनि वर्षाले बाटो हिलाम्मे हुँदा ढुवानी सुरु हुन नसकेको बताए। आजको गोरखापत्र दैनिकबाट ।