धनुषा – धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् ।


ADVERTISEMENT


त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।


ADVERTISEMENT

# # #