काठमाडौँ–  चालु बर्ष बलिउडको लागि खास ‘धमकेदार’ रहेन । आशा गरिएका सुपरस्टारहरु चिप्लिएपछि अरु फिल्मले त्यसको भरथेग गर्‍यो । दक्षिण भारतिय फिल्म ‘बाहुबलीः द कन्क्लुजन’ले सुखद आपनिङ गरेको यो बर्ष बलिउडमा सानो बजेटका र खासै अपेक्षा नगरिएका फिल्मले दर्शकको मन जित्यो ।


ADVERTISEMENT


आउँदो बर्ष (अंग्रेजी क्यालेन्डर अनुसार) चाहिं कस्तो रहला त ?


ADVERTISEMENT

# # #


आउँदो बर्ष बिग बजेट फिल्महरुबीच टक्कर हुने देखिएको छ । ईद, दिपावली, क्रिसमस, रिपब्लिक डे, होली जस्ता अवसर पर्खेर बसेकाहरुका थुप्रै फिल्मले सोहि अनुसार रिलिज डेटको तालमेल मिलाएका छन् ।

२०१८ को सुरुवात अक्षय कुमारको फिल्मबाट हुँदैछ । र, बर्षको ह्याप्पी इन्डिङ भने शाहरुख खानको फिल्मले गर्नेछ । यी दुबै फिल्मको कुनै न कुनै फिल्मसँग टक्कर पर्नेछ । यहाँसम्म कि, ‘बद्रीनाथ की दल्हनिया’ को सफलता देखेर होलीमा समेत दुई फिल्म एकसाथ रिलिज हुँदैछ ।

हेरौं, २०१८ मा कुन फिल्मसँग कसको टक्कर पर्दैछ ?

पैडमेन भर्सेस विश्वरुपम २

अक्षय कुमारको फिल्म ‘पैडमैन’ २६ जनवरी रिलिज हुँदैछ । तर, यो सोलो रिलिज हुनेवाला छैन । यससँग अरु दुई फिल्म जुध्दैछ । फिल्म हो नीरज पान्डेको ‘अय्यरी’ । यो भन्दा चुनौती त, कमल हसनको मेगा बजेट फिल्म हुनेछ । फिल्म हो, विश्वरुपम-२ ।

रेस-३ भर्सेस फन्ने खान

यसपाली अनौठो संयोग के जुरेको छ भने, सलमान खान भर्सेस ऐश्वर्य राय बच्चन । यी दुई पूर्व प्रेमी-प्रेमिकामा कसले बाजी मार्छ ? नतिजा हेर्न भने आगमी इद पर्खनुपर्नेछ । त्यसो त ईद सलमानको पेवा जस्तै हो, रिलिज डेटको हिसाबले । ईद उनलाई फाप्ने पनि गथ्र्यो । पछिल्लो फिल्मले भने लोप्पा ख्वाएको छ । यसपालीको ईदमा पनि उनको तगारो छ ।  सलमान खानको रेस-३ लाई फन्ने खानले टक्कर दिनेछ । फन्ने खान खान ऐश्वर्य राय बच्चन, अनिल कपुर अभिनित फिल्म हो ।

बागी- २ भर्सेस मणिकणिर्का

२७ अप्रिलमा पनि दह्रो भिडन्त हुने देखिएको छ । त्यसबेला मैदानमा टाइगर श्राफ र कंगना रनवट देखिनेछन् । दुबै एक से एक विकाउ स्टार हुन् । टाइगरको ‘बागी-२’लाई चुनौती दिन कंगनाको ‘मणिकणिर्का’ उत्रनेछ ।

शाहरुख खानको फिल्म भर्सेस केदारनाथ भर्सेस रोहित शेट्टी

अक्सर रोहित सेट्टीको फिल्ममा शाहरुख खान देखिन्थे । उनीहरुको कम्बिनेशन पनि गजब हुन्थ्यो । तर, यसपाली शाहरुख खान र रोहित सेट्टी विपरित दिशाका खेलाडी बनेर मैदानमा प्रवेश गर्दैछन् । आनन्द एल रायले निर्देशन गरिरहेको शाहरुख खानको फिल्मसँग रोहित सेट्टीको ‘टेम्पर’को रिमेक भिड्नेछ । दुबैसँग सिंग जुधाउँदैछ, सारा अली खान अभिनित फिल्म ‘केदारनाथ’ । सैफ अली खानकी छोरी साराको लागि यो अग्निपरीक्षा पनि हो । उनीसँग सुशान्त सिंह राजपूतले स्क्रिन शेयर गरेका छन् ।

ड्राइभ भर्सेस हेट स्टोरी- ४

होलीको उल्लासले छोपिरहेको बेला अरु दुई फिल्मले पनि मौकामा चौका हान्दैछ । यसपाली होलीमा बलिउडको हट प|mेन्चाइजी ‘हेट स्टोरी’को चौथो भाग रिलिज हुँदैछ । त्यहीसँग टक्कर लिदैछ, सुशान्त सिंह राजपूतको फिल्म ‘ड्राइभ’ले ।

ठग्स अफ हिन्दुस्तान भर्सेस टोटल धमाल भर्सेस हाथी मेरे साथी

२०१८ को सबैभन्दा बढी प्रतिक्षारत फिल्म हो, ठग्स अफ हिन्दुस्तान । त्यसो त आमिर खानको फिल्मले धमाका मच्याउने नै भयो । अक्सर आमिर खानको फिल्म सिंगल रिलिज हुने गथ्र्यो । यसपाली भने अरु दुई फिल्म पनि आमिरसँग भिड्ने हिम्मत गरेका छन् । दिपावलीको अवसरमा ठग्स अफ हिन्दुस्तान रिलिज हुने पक्कापक्की भएर पनि त्यससँग सिङ जोड्दैछ, राण दग्गुबातीको फिल्म ‘हाथी मेरा साथी’ र अजय देवगनको फिल्म ‘टोटल धमाल’ ।

अजय देवगनको फिल्म भर्सेस जंगली

विद्युत जामवालको फिल्म ‘जंगली’ १९ अक्टुबरमा रिलिज हुने भएको छ । त्यही फिल्मसँग भिड्दैछ, अजय देवगन र तब्बूको फिल्म पनि । अजयको रोमान्टिक कमेडी फिल्मलाई आकीव अलीले निर्देशन गर्दैछ ।

परमाणु भर्सेस हिचकी

२३ फेब्रुअरीमा जोन अब्राहमको महत्वकांक्षी फिल्म परमाणु रिलिज हुँदैछ । र, त्यो फिल्मलाई टक्कर दिदैछ रानी मुखर्जीको फिल्म ‘हिचकी’ले । रानी र जोन दुबै लामो विश्रामपछि तंगि्रएका हुन् । अबलाइनखबर