काठमाडौं – सरकारले आगामी १९ गते को प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिवद्ध रहेको जनाएको छ ।


ADVERTISEMENT


गृहमन्त्रालयले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


निर्वाचन सुरक्षाको तयारी शसक्त ढंगबाट अघि बढेको भन्दै मन्त्रालयले उम्मेदवार, मतदाता, निर्वाचन कार्यालय लगायतको सुरक्षा गर्न सरकार सक्षम रहेको जनाएको छ । पत्रकार सम्मेलनमा गृह प्रवक्ता नारायण प्रसाद दुवाडी सबै सुरक्षा अंगहरु निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै निर्धक्क मतदानमा सहभागी हुन आव्हान पनि गरे । उनले मुलुकभर भएका केही निर्वाचन विरोधी घटनाहरु पनि अव नियन्त्रणमा आउने विश्वास आफुले लिएको भन्दै उनले स्वच्छ र सुरक्षित निर्वाचन सम्पन्न गर्न सरकार सक्षम रहेको बताए ।

मुलुकका विभिन्न स्थानमा भएका निर्वाचन विरोधी घटनामा संलग्नहरु नियन्त्रणमा आईसकेको भन्दै प्रवक्ता दुवाडीले सबैमाथि कडा कारवाही चलाईने बताए ।

निर्वाचन सुरक्षा फितलो भएको भन्ने समाचार आईरहेका बेला गृहमन्त्रालयले सुरक्षा चुस्त दुरुस्त रहेको भन्दै भयरहित निर्वाचन सम्पन्न गर्न सक्षम रहेको दाबी गरेको हो ।