काठमाडौँ– गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।


ADVERTISEMENT


रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ ।


ADVERTISEMENT

# # #


यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ । रासस