हुम्ला– जिल्लाका सातमध्ये ६ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड र अदाचनुली गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।


ADVERTISEMENT


चङ्खेली गाउँपालिकाको वडा २ को पुनः आजबाट मतदान भइरहेकाले त्यहाँको मतपरिणाम सार्वजनिक हुन नसकेको हो । हुम्लामा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।


ADVERTISEMENT

# # #


सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका महेन्द्रबहादुर शाही ९अविराम० ले एकहजार ९६९ मत ल्याएका हुन् ।

पालिका उपाध्यक्षमा कांग्रेसका सुशीला रोकायाले दुई हजार ४७४ मत ल्याएर विजयी भएक छन् । उनका प्रतिस्पर्धी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याइन् ।

उत्तरी नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित माओवादीका प्रेम लामाले एक हजार ४६६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसका तक्दिर लामाले एक हजार ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याएका छन् ।

खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंह (भरत) एक हजार ८७२ मत सहित विजयी भए । त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।

सर्केगाड गाउँपालिकामा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याएका छन् । उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी भए।

ताँजकोट गाउँपालिका अध्यक्षमा माओवादीका लालकेश जैसीले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन्, भने प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी भएका छन् । थापाले एक हजार ३१० मतका साथ विजयी भए ।

अदानचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारनै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । पालिका अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंहले एक हजार ५८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दल फडेराले एक हजार तीन सय ५३ मत प्राप्त गरेका छन् । पालिका उपाध्यक्षमा माओवादीका कर्ण रोकायाले एक हजार नौ सय ९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले एक हजार ६ मत प्राप्त गरे । रासस