सर्लाही – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।


ADVERTISEMENT


पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नंको पिकअपले आज विपरीत दिशाबाट गइरहेको ना. ५ ख ५५१५ नंको यात्रुबसलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो । बसले च्यापिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक विदुर निरौलासहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।