मकवानपुर – हेटौंडाका उपमहानगरपालिकाको मेयर पदको मतगणनामा राप्रपाका उम्मेदवारलाई नेकपा एमालेले उछिनेको छ ।


ADVERTISEMENT


एक अर्कालाई पालैपालो पछि पार्ने र अघिपछि हुने क्रमले हेटौँडाको मतणना रोचक भइरहेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो मत परिणाम अनुसार यहाँ संयुक्त गठबन्धनका उम्मेदवार मीना लामा १३ हजार ९११ मतसहित पहिलो स्थानमा रहेकी छन् ।
दोस्रो स्थानमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल रहेका छन् । उनले भर्खरै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई उछिनेका हुन् ।

पौडेलको प्राप्त मत १२ हजार ८९६ रहेको छ भने राप्रपाका उम्मेदवार दिपकले १२ हजार ८७६ मत प्राप्त गरेका छन् ।

हालसम्म हेटौडामा कुल ४४ हजार ९७५ मत गणना भइसकेको छ ।