काठमाण्डौं-काठमाडौंको बालाजु बाइपासबाट अवैध रुपमा भित्र्याएको १० किलो सुन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


रसुवाको केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौ ल्याउँदै गरेको १० किलो सुन सहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सो सुन काठमाडौं भित्रयाउदै गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए ।

एसएसपी धानुकले सो विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएका बेला तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याएका हुन् ।