काठमाण्डौं-पार्टीको हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक) ले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ ।


ADVERTISEMENT


पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई पद मुक्त गर्न अध्यक्ष पशुपति शम्शेर रााणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गरेका छन् ।


ADVERTISEMENT

# # #


लामालाई महामन्त्री पदबाट निष्कासन गरेको जानकारी सहितको पत्र पार्टी अध्यक्ष राणाले देउवालाई पठाएका हुन ।

संविधानको धारा २ सय ९८ को उपधारा ९(ग) मा भएको व्यवस्था बमोजिम लामालाई राज्यमन्त्री पदबाट मुक्त गरी दिन सिफारिस गरेको अध्यक्ष राणाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी सिद्धान्त र लोकतान्त्रिक गठबन्धन विपरित काभ्रे र झापामा आयोजित चुनावी सभामा लामाले अन्य दलका लागि भोट मागेको सो पार्टीको आरोप छ ।