कैलाली – कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का शेरबहादुर चौधरीलाई पराजित गरे । उनले सात हजार ४७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेकी हुन् । तिरुवाले ६ हजार २२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरिन् ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ । रासस