काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले २९ हजार मतको आँकडा नाघेका छन् । शुक्रबार अपरान्ह ४ः२० बजेसम्मको अपडेट अनुसार ७८ हजार ३६० मत गणना हुँदा वालेनले २९ हजार ५५८२ मत ल्याएका हुन् ।


ADVERTISEMENT


सुरुवाती अग्रता कायम गरेका साहले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पारेका छन् । स्थापितले १५ हजार ९२१ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् । उनले पछिल्लो अपडेट अनुसार
१५ हजारस १० मत पाएकी छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गरेकी छन् । उनले २६ हजार ५७५ मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मतसहित सुनितालाई पच्छ्याइरहेका छन् । यस्तै राप्रपाकी विनिता मगैया तेस्रो स्थानमा छिन् ।

काठमाडौँमा अहिले वडा नं. ६,७,८, ८, २५, २६, २७, २९ र ३१ को मत मणना भइरहेको छ । वडा नं. १, २, ३, ४, ५, २८, ३० र ३२ को मतगणना सम्पन्न भइसकेको छ ।