काठमाडौँ – नेपालले युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ ।


ADVERTISEMENT


टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित१८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । यस जितसँगै नेपालले सिरिज क्लिन स्वीप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।