काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई संघीय संसदले स्वीकृत गरेको छ । शुक्रबार बसेको संघिय संसदको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको हो ।


ADVERTISEMENT


दुई साता अगाडि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाइ स्वीकृतिका लागि राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष प्रस्तुत गरेका थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले अध्यादेशका रुपमा जारी गरेसँगै विद्येयक कार्यान्वयनमा आएको थियो । तर, यसलाइ स्थायी रुपमा ल्याउन कानुन आवश्यक पर्छ । यसका लागि संसदले पास गरेर जानू पर्छ । संसदले पास गर्ने तयारी स्वरुप अध्यादेश शुक्रबार स्वीकृत गरेको छ । अबको ६० दिन भित्र प्रतिस्थापन विद्येयक ल्याई यसलाइ संसदबाट बहुमतले पास गरि कानुनका रुपमा ल्याईने छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र वर्तमान महासचिव डा बद्री रिजालको अथक मेहनत र पहल पछि उक्त अध्यादेश संसदबाट समेत स्वीकृत भएको छ ।

विगतमा चरिकोट र भेरीमा अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको ‘तालिबानी’ शैलीको हमलाबाट पाठ सिकेर नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा कार्कीले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्‍याउने व्यक्तिलाई बिना धरौटी थुनामा राख्नुपर्ने कानुन ल्याउने एजेण्डा अघि सारेका थिए ।

आज त्यो पूरा हुने अवस्थामा पुगेकोछ । स्थाई रुपमा कानुन आउन केही समय लाग्ने भएपनि अस्थाइ रुपमा अध्यादेशमार्फत कारबाही सुरु भएको छ ।