काठमाडौं – बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाहरुले गरेको प्रदर्शन गरेका छन् । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी ती किशोरीमाथि त्यतिबेला आयोजकले नै होटेलमा लगेर नशालु पदार्थ सेवन गराउँदै बलात्कार गरेको कुरा उनी आफैले करिब ८ वर्षपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।


ADVERTISEMENT

# # #


आफ्ना साथीहरू, सौन्दर्य प्रतियोगितामै सहभागी अन्यलगायतलाई भन्दै गर्दा न्याय पाउन नसकेपछि ती युवतीले लामो समय कष्टकर समय व्यतीत गरेपछि अहिले आफैले सम्पूर्ण नागरिक समक्ष आफूमाथि घटेको डरलाग्दो यौन हिंसा सार्वजनिक गरेकी हुन् ।

ती आयोजकले पहिलो पटक नशालु पदार्थ सेवन गराएर बलात्कार गर्दा फोटो र भिडियोसमेत खिचेर पछि सोही फोटो भिडियो सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरी करिब ६ महिनासम्म बलात्कार गरेको ती युवतीले बताएकी छन् ।

सामाजिक सञ्जालमार्फतसमेत अधिकारकर्मी, कलाकारदेखि आम सर्वसाधारणले उनका लागि न्यायको माग गरिरहेका छन् ।

यो मुद्दा संसदमासमेत प्रवेश गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले तत्काल छानबिनको प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाही गर्न निर्देश गरेसँगै प्रहरीले अनुसन्धान थालिसकेको छ ।