काठमाण्डौं-दक्षिण कोरियाको राजधानी सउल नजिकैको इन्छन समून्द्रमा आइतबार बिहान माछा मार्ने डुंगा दुर्घटनामा परेको छ । डुंगा दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


दुर्घटनामा उद्धार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । डुंगामा दुर्इ जना चालकसहित २२ जना सवार रहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


इन्छनको यङहुङ पुल नजिकैको समून्द्रमा तेल बोकेको ट्याङ्करसँग ठोक्किएर डुङ्गा दुर्घटनामा परेको बताइएको छ । घटना बिहान छ बजेर १२ मिनेट जादाँँ भएको तटरक्षकले बताएका छन् ।

उद्वा र बेपत्ताको खोजी कार्यका लागि चार वटा हेलिकोप्टर र १४ वटा डुङ्गा प्रयोग गरिएको छ । उद्धार कार्य अहिले पनि जारी छ ।