काठमाण्डौं-आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन् । कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।


ADVERTISEMENT


मंसिर ९ गते मध्यान्हः १२ बजेतिर नजिकैको गढुवा गाउँपालिका वडा नं. ५ स्थित राष्ट्रिय जंगलमा बाँदर मार्न जाउँ भनि लगेको तर पुनले भरुवा बन्दुकले गोलि हानी पुरीको हत्या गरेको कुरा अनुसन्धानवाट खुल्न आएको एसपी सिंहले बताइन् । पक्राउ परेका पुनमाथि कतव्र्य ज्यान मुद्दा शिर्षकमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #