काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने टुरका लागि उत्साहित रहेको र सकेसम्म धेरै खेल जित्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध कायम भएको ७५औं वर्षको अवसरमा आइतबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकामा हुने लिग–२ का लागि उत्साहित रहेको भन्दै सकेसम्म धेरै खेल जित्ने प्रयास गर्ने बताएका हुन् । उनले यसअघि पनि अमेरिका जान खोजेको र विभिन्न समस्या भएको स्मरण गरे ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले अमेरिकामा हुने टुर नेपालका लागि राम्रो अवसर हुने बताए । अमेरिकाममा केहि अभ्यास खेल समेत हुने र टुर सफल हुने उनको भनाई छ । उनले अमेरिका टुर २०२३ को विश्वकपको छनोटको आधार हुने विश्वास व्यक्त गरे ।

अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज २५ जेठ देखि सुरु हुँदैछ ।