काठमाडौं – सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ । त्यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार त्यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।


ADVERTISEMENT


केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ।


ADVERTISEMENT

# # #


सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार त्यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ।

खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्धन्द्ध पनि रहेको छ। साथै नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाई रहेको छ।