काठमाडौँ – नेपाली यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनी नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार कृतिकालाई कप्तानको जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT


नेपालले मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्दैछ । प्रतियोगिता ४ जुनदेखि मलेसियामा हुँदैछ । जहाँ नेपालसहित घरेलू टोली मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार भिड्दैछन् ।


ADVERTISEMENT

# # #


क्रिकेट इतिहासमै पहिलो पटक यू–१९ महिला क्रिकेट विश्वकप हुँदैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकप २० ओभरको हुनेछ ।