काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ ।


ADVERTISEMENT


मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय भएको बताए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिब ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको उनले बताए ।

त्यस्तै जेष्ट १८ मा नर्वे र जेष्ठ १९ फिनल्याण्डसंग हुने दुईपक्षिय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय पनि बैठकले गरेको छ ।