काठमाडौँ – काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले १६ जना नेपाली यू–१९ महिला क्रिकेट खेलाडीलाई खेल सामग्री सहयोग गरेको छ । सोमबार राजदूतावासमा आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


पाकिस्तानले दुई देशबीचको खेल सम्बन्धलाई विस्तार गर्ने उद्देश्यका साथ उक्त सामग्री सहयोग गरेको हो । सहयोगप्रति नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहको उपस्थिति थियो भने नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान कृतिका मरासिनी सहितका १६ खेलाडी सहभागी थिए ।

नेपालले जुन ४ देखि मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्दैछ । जहाँ नेपालसहित टोली मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार भिड्नेछन् ।