काठमाडौं – महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह जित नजिक पुगेका छन् ।  २० हजार ७४३ काे मतान्तर बनाएका बालेन भन्दा सिंह र स्थापित निकै पछाडि छन् ।


ADVERTISEMENT


यसैगरी गणनारत पाँचै वडामा पनि बालेनले अग्रता लिइरहेका कारण पनि उनी जित नजिक पुगेका हुन् । गणना गर्न बाँकी २२ हजार ५६४ मतमध्ये बालेनले २ हजार मात्र मत ल्याएर अरु सबै मत एउटा मात्र उम्मेदवारलाई जाने हो भने पनि बालेनकै मत धेरै हुनेछ ।


ADVERTISEMENT

# # #


जितका लागि बालेनलाई १२ प्रतिशत मत गन्न बाँकी हुँदा अब दुई हजार मात्र मत आवश्यक छ । गणना हुँदै गरेका वडाहरुमा पनि उनकै पल्ला भारी भएको छ ।

बालेन ५४ हजार ७१८ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन् । यस्तै नेकपा एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत ल्याएका छन् ।