काठमाडौँ– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको खेलको अघि खेलिएको दोश्रो अभ्यास खेलमा आज नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ।


ADVERTISEMENT


नर्सरी ओभल मैदान आबुदाबिमा टस जितेर केन्यालाई पहिले ब्याटिंगको निम्तो दिए नेपालले ३२.२ ओभरमा ११० रनमै अल आउट गर्यो । आफ्नो दोस्रो तथा अन्तिम अध्यास खेलमा पनि नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र विनोद भण्डारी बिना नै मैदानमा उत्रिएको नेपालले राम्रो बलिङ गरेपछि केन्या ११० रनमै समेटियो ।


ADVERTISEMENT

# # #


नेपालले १११ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाई १९.५ ओभरमै भेटाएको हो।

लक्ष पछ्याउने क्रममा नेपालले पहिलो ३ विकेट २९ रनको स्कोरमै गुमाएको थियो। ओपनर दिलि नाथ ० , सागर पुन १ तथा अनिल शाह १३ रन बनाएर आउट भएका थिए। त्यसपछि दिपेन्द्र ऐरी र शरद भेसावकरले सम्हालिएर ब्याटिंग गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए।

दिपेन्द्र र शरदले चौथो विकेटको लागि ७८ रनको साझेदारी गरे। दिपेन्द्र ४६ रन बनाउदै नेपाललाई जित नजिक पुर्याएर रन आउट हुनपुगेका थिए । उनले मात्र ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

दिपेन्द्रको विकेट पछि आरिफ शेखले चौका प्रहार गर्दै नेपाललाई जित सम्म पुर्याएका थिए। आरिफ ४ रनमा तथा शरद भेसावकर ३१ रनमा अविजित रहे। शरदले ५० बलमा ३ चौका प्रहार गरे।

यता केन्याका यस अघि टस जितेर नेपालले केन्यालाई पहिलो ब्याटिंगको निम्तो दिंदै ३२.२ ओभरमा ११० रनमै अलआउट गरेको थियो। केन्याका लागि रसज पटेले २७ रन बनाए । २७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै एलेक्जुमा ओवान्डाले २५, धिरेन गुरदिप सिंहले २२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि ललित भण्डारी एक्लैले ४ विकेट हात पारे। जुन क्रममा देब्रेहाते फास्ट बलर भण्डारीले १० ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ४६ रन खर्चिए। यस्तै सन्दिप लामिछानेले कसिलो बलिंग गर्दै २ विकेट लिनेमा ३।२ ओभर ५ रन खर्चिए।

करन केसी , सागर पुन र आरिफ शेखले १/१ विकेट हात पारे । यस्तै शक्ति गौचनले ३ मेडेन ओभर फ्याँके । ६ ओभर बलिङ गरेका उनले ८ रन मात्र खर्चिए ।

नेपालले शुक्रबार अमेरिकासंग ५ विकेटले पराजित भएको थियो । अब नेपालले आउँदो बुधबार र शुक्रबार युएईसंग विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेल खेल्ने छ । नेपाल उत्कृष्ट चारमा पर्न नसकेपछि यस अघि नै डिभिजन टु मा झरिसकेको छ भने युएई पनि त्यही अवस्थामा छ ।