चितवन– चितवनको बादरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच तीन बुँदे सहमति भएको छ । आईतबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष र पीडितहरुबीच तीन बुँदे सहमति भएको हो ।


ADVERTISEMENT


पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो । सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।


ADVERTISEMENT

# # #


त्यस्तै घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने सहमति भएको छ ।

सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ । सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै बादरमुढे घटनाका पीडितहरुले आज पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार प्रचण्डलाई स्वागत गरेका छन् ।

माओवादी सशस्त्र युद्धरत रहेका वेला गत २०६२ साल जेठ २३ गते गुडिरहेको बस माओवादीको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए ।