काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार व्यक्त गरेको विचारप्रति सरकारले खण्डन गर्दा एमालेले आपत्ति जनाएको छ।


ADVERTISEMENT


आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ओलीले सत्ताबाट निस्कन परेको कुण्ठा र कमिसन खान नपाएपछि जथाभावी बोलेको उल्लेख गरेपछि एमाले सांसदले विरोध जनाएका छन् ।


ADVERTISEMENT

# # #


एमालेका सांसदहरु विशाल भट्टराई र खगराज अधिकारीले मन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै छानबिन गर्न माग गरेका हुन् । उनीहरुले रेकर्डबाट मन्त्रीको भनाइ हटाउन माग गरेका छन्।  मन्त्रीले आफ्नो भनाइ फिर्ता नलिएसम्म एमालेले सदन अवरोध गर्ने अधिकारीले जानकारी गराए।