काठमाण्डौं-घर खाली गराउन घरबेटीलाई सजिलो नहुने गरी कानुन बनेको समाचार आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहाल सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।


ADVERTISEMENT


आफैलाई घर आवश्यक भएमा बहालमा बसेकालाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनैपरे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ ।


ADVERTISEMENT

# # #